मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी चार गल्तीले तपाईको मोबाइलको क्यामेरा पूर्ण रुपमा बिगार्छ

काठमाडौँ– फोन आएपछि क्यामेराको काम खत्तम भयो । मोबाइल बनाउने कम्पनीले फोनमै एक भन्दा अर्का ठूलो क्यामेराको व्यवस्था गरेको छ । यसले गर्दा फोटोग्राफी र भिडिओग्राफी गर्नको लागि सजिलो भएको छ । फोनको क्यामेरामा यस्तो कमालको सुविधाहरुको व्यवस्था गरिएको छ । जसले प्रोफेशनल फोटोग्राफी पनि फोनको क्यामेराबाटै गर्दै आएको छ । तर हामी कैयन पटक यस्ता सामान्य गल्ती गछौँ । जसले गर्दा फोनको क्यामेरा सधैँका लागि बर्बाद हुने गर्छ वा हुन सक्छ ।

जीपीएसको प्रयोग गर्नको लागि अक्सर मानिसहरु बाइकमा फोनको फिक्स गर्छन् । तर अधिकांश यसबारेमा अनजान हुन्छन् कि यसले गर्दा खतरा हुन सक्छ । फोनलाई बाइक वा स्कुटरमा लगाएर यात्रा गर्न तपाईको फोनको क्यामेरा बर्बाद हुन सक्छ ।
यस्तो यसकारण हुन्छ । किनकी बाइक चलाउने बेलामा भाइब्रेसन धेरै हुने गर्छ । जसको प्रभाव क्यामेरामा पर्न सक्छ । बाइकमा फोन राख्दा स्पशेल माइटिङ किटको प्रयोग गर्ने गरिन्छ ।

फोनमा धेरै आएपी रेटिङको साथ आउने गर्छ । तर फोनलाई साथमा राखेर तपाई पौडि खेल्न जानुहुन्छ भने तपाईको फोन सधैँको लागि बिग्रन सक्छ । फोन छिरेको पानी क्यामेराको लेन्समा जान सक्छ । जसले गर्दा क्यामेरा सधैँका लागि बिग्रन सक्छ ।

कोही व्यक्ति कन्सर्ट वा लाइभ सोमा जाँदा फोटो कैद गर्ने गर्छन् । फोटोले फोनको ग्यालरी भर्ने गर्छ । तर सधैँ यो कुरामा ध्यान दिनू्स् की लाइभ सोमा यदि लेजर लाइटको प्रयोग गरेको भने फोनबाट फोटो कैद गर्ने गल्ती नगर्नुहोस् । यसले क्यामेराको लेन्समा असर गर्छ ।

धेरै बढी तापक्रममा पनि फोनको क्यामेराको लागि राम्रो नहुन सक्छ । यदि तपाई धेरै धुवाँमा फोटो क्लिन गर्दै हुनुहुन्छ । यसले पनि तपाईको मोबाइलको क्यामेरामा खराब गर्न सक्छ । खासमा सूर्य ग्रहणको दौरानमा फोनका क्यामेराका प्रयोग गरिन्छ । यसले क्यामेराको लेन्समा असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?