अहिले गर्मीको समय चलिरहेको छ । यसकारण हामी आफूलाई शीतलता प्रदान गर्न चिसो कोल्ड ड्रिकंस्हरु,आइसक्रिम,लगायतका चिसो खानेकुराहरूको सेवन गर्ने गर्छौ ।
धेरैजसो व्यक्तिहरूले भने गर्मीमा आइसक्रिमकै सेवन गर्ने गर्छन् । आइसक्रिम बच्चादेखि बूढाबूढीसम्म सबैलाई मन पर्छ । आ–आफूलाई मन पर्ने स्वादको आइसक्रिम उनीहरू रमाइ–रमाइ खान्छन् ।
तर हामीले आइसक्रिम खाएपछि केही कुराहरूमा ध्यान दिनुपर्छ । आइसक्रिम खाने बित्तिकै हामीले खान नहुने खानेकुराहरू पनि छन् जुन कुरामा हामीले ध्यान दिन आवश्यक छ ।
आइसक्रिम खाने बित्तिकै खान नहुने खानेकुराहरू
–आइसक्रिम खाने बित्तिकै चिया, सुप आदि गर्मी गराउने चिज खानु हुन्न । यसो गर्दा घाँटी दुख्ने, पेट दुख्ने, घाटी खसखसाउने जस्ता समस्याहरू आउन सक्छन् ।
–आइसक्रिम खाने बित्तिकै अमला लगायत अमिलो फल पनि खानु हुँदैन ।
–आइसक्रिम खाने बित्तिकै खान नहुने अर्को खाद्य वस्तु मसालेदार खानेकुरा पनि हो । यसका कारण पेट पोल्ने, अपच, पातलो दिसा लाग्ने जस्ता समस्या निम्तिन सक्छन् ।
–आइसक्रिम खानासाथ रक्सी पनि पिउनु हुन्न । रक्सी पिउँदा आइसक्रिममा भएको दूधको पाचन प्रक्रिया सुस्त हुन्छ । जसका कारण पेटमा गडबडी हुन्छ । बान्ता आउने, पातलो दिसा लाग्ने समस्याहरू पनि आउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया