मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित रक ब्यान्ड ‘एरोस्मिथ’ले लियो सन्न्यास

काठमाडौँ – चर्चित अमेरिकी रक ब्यान्ड एरोस्मिथले  साङ्गीतिक यात्राबाट सन्न्यासको घोषणा गरेको छ । स्टार फ्रन्टम्यान स्टिभन टाइलरको घाँटीमा चोट लागेको भन्दै ब्यान्डले शुक्रबार सो निर्णय लिएको हो ।

ब्यान्डले आफ्नो वेबसाइटमा जारी विज्ञप्ति अनुसार उनको भोकल कर्डको चोट पूर्णरुपमा निको हुन सम्भव छैन । त्यसैले टुरिङ स्टेजबाट सन्न्यास लिने,  निर्णय लिएको विज्ञप्तीमा उल्लेख छ । 

यस साङ्गीतिक यात्रामा ब्यान्डले अमेरिका क्यानडाका विभिन्न सहरको यात्रा गर्ने तालिका रहेको थियो । सन् २०२३ को मेमा यो साङ्गीतिक यात्रा शुरु गरेको  एरोस्मिथले टाइलरको घाँटीमा चोट लागेपछि मात्र तीनवटा शोपछि यसलाई रोकेको थियो । 

सन् १९७० मा बोस्टनमा स्थापना भएको यो व्याण्डमा टाइलरसहित जो पेर्री, टम ह्यामिल्टन, जोई क्रामर र ब्राड ह्वीटफोर्ड रहेका छन् । 

एन्जेल, जेनी गट अ गन, लिभिन अन दि एज, क्राइन, क्रेजी, आई डन्ट वाना मिस अ थिङलगायत ब्यान्डका गीतहरू अझै पनि रुचाइन्छन् । ब्यान्डले विश्वभर १५ करोडभन्दा बढी एल्बम बिक्री गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?