काठमाडौँ — टर्किए सामाजिक सञ्जाल इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्किएको दूरसञ्चार प्राधिकरणले कुनै पनि कारण नखुलाई इन्स्टाग्रामाथि रोक लगाएको हो भने कति अवधीका लागि प्रतिबन्ध लगाइएको हो भन्नेबारे पनि खुलाईएको छैन ।
यद्यपि इन्स्टाग्रामले टर्किस राष्ट्रपतिका सञ्चार प्रमुख फहरेत्तिन अल्तुनको पोस्टमाथि सेन्सरसिप गरेपछि यो कदम चालिएको आशंका गरिएको छ ।
अल्तुनले हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाप्रति श्रद्धाञ्जली दिइएका पोस्टहरू इन्स्टाग्रामले रोकेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया