मधुमेहका बिरामीहरूले चिनीको विकल्पमा सुगर फ्री चिनीको प्रयोग गर्छन् । धेरै स्वास्थ्य विशेषज्ञहरूले यसलाई आहारबाट पूर्ण रूपमा हटाउन सिफारिस गर्छन् ।
खास गरी मधुमेहका बिरामीले यसबाट सधैँ टाढा रहनुपर्छ । धेरै मानिसहरू चिनीको विकल्पको रूपमा गुड, सुगर फ्री चिनीको प्रयोग गर्छन् ।
अब कुरा गरौँ गुडको । चिनीको तुलनामा गुडमा केही आवश्यक पौष्टिक तत्त्व पक्कै पाइने भएपछि ती तत्त्वको मात्रा निकै कम हुन डायटिसियन बताउँछन् । उदाहरणका लागि एकदेखि दुई चम्चा गुडमा पोषक तत्त्व शून्य बराबर हुन्छ । तर त्यही १ देखि २ चम्चा गुडमा क्यालोरी भने चिनीको बराबर पाइन्छ ।
औषधीय गुण भएता पनि प्राकृतिक चिनी धेरै खाँदा पेट दुख्ने, सुन्निने, ऐँठन हुने, बान्ता हुने र पखालाको समस्या हुनसक्छ । गुडको प्रभाव तातो हुन्छ । त्यसैले यो धेरै खाँदा पाचनमा असर पर्न सक्छ ।
गुडलाई रिफाइन्ड सुगर अर्थात् प्राकृतिक चिनीको विकल्प मानिन्छ । यसमा आइरन, म्याग्नेसियम, भिटामिन सी र क्याल्सियम जस्ता पोषक तत्त्व पाइन्छन् । जबकि चिनीमा क्यालोरी मात्रै पाइन्छ । यही कारणले गर्दा धेरैले चिनीको सट्टा गुडलाई फाइदाजनक ठान्छन् तर त्यस्तो होइन, बराबर मात्रामा क्यालोरी भएका कारण गुडले पनि त्यति नै हानि पुर्याउन सक्छ ।
यदि तपाईँले चियामा एक चम्चा चिनी हाल्नुहुन्छ भने यति नै गुलियो पाउनका लागि चियामा दुई चम्चा गुड वा गुडको पाउडर हाल्नुपर्छ । त्यसैले यो स्पष्ट हुन्छ कि यदि खानामा गुडलाई समावेश गर्नुहुन्छ भने क्यालोरी इनटेकमा कुनै अन्तर हुनेछैन । यदि मधुमेहका बिरामी हुनुहुन्छ र गुडले सुगरको स्तर बढाउँदैन भनेर खाइरहनुभएको छ भने केही समयपछि यसको हानी झेल्नुपर्नेछ ।
यस्तै चिनीको सट्टा चिया वा खानामा सुगर फ्री चिनी लिइरहनुभएको छ भने यसले स्वास्थ्यलाई हानी पुर्याउन सक्छ । यस्ता चिनी बनाउन सेक्रिनको प्रयोग गरिन्छ । यो बढी सेवन गर्दा क्यान्सर हुने खतरा हुन्छ ।
यसबाहेक सुगर फ्री चिनीको अत्यधिक सेवनले भोक नलाग्ने, आँखाको ज्योति गुम्ने, रक्तचाप बढ्ने र तौल बढ्ने सम्भावना रहन्छ ।
यसकारण सुगर फ्री चिनीले तौल र रक्तचाप बढ्न,गर्भावस्थामा एलर्जी,भोक नलाग्नु,टाउको दुख्नु जस्ता समस्याहरू निम्त्याउन सक्ने हुँदा सजग रहनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया