कहिलेकाहीँ बिहान उठ्ने बित्तिकै चक्कर लाग्छ ? वा कहिलेकाहीँ बसेको ठाउँबाट उठ्दा पनि चक्कर लाग्छ ? यस्तोमा चक्कर लाग्नुलाई धेरैले सामान्य रूपमा लिन्छन् ।
तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले यस्तो चक्कर वा रिँगटालाई हेलचक्र्याइँ गर्नुको सट्टा कारण पत्ता लगाइ उपचार गर्नु पर्दछ ।
चक्कर लाग्ने लक्षण
– टाउको चर्कनु
– शरीर अनियन्त्रित भएको अनुभूति हुनु
– आँखा धमिलो देख्नु
– अँध्यारो छाउनु
– अनुहार फिका हुनु
– शरीर चिसो हुनु
– शारीरिक कमजोरी महसुस हुनु
– चक्कर लागेर लड्नु
– बान्ता हुनु
– बोल्नुमा कठिनाइ हुनु आदि ।
घरेलु उपचार
– ५० ग्राम किसमिसलाई हल्का आँचमा घ्युमा पकाउने र स्वाद अनुसार नुन मिसाउने । यसलाई दिनमा तीन पटक सेवन गर्ने ।
– एक चम्चा तुलसीको रसमा २ वटा मरीच पिसेर बिहान बिहान सेवन गर्ने ।
– यदि गर्मीको कारण चक्कर लागेको भए अमला र दाना धनियाँ पिसेर एक रात पानीमा भिज्न दिने र बिहान यसलाई छानेर पिउने ।
– बदामलाई मिस्रीमा मिसाएर काँचो दूधमा खाली पेट सेवन गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया