तपाई स्वस्थ रहन आफ्नो व्यक्तिगत सरसफाइसँगै हामीले हाम्रो घर वरपर फोहोर गर्नु हुँदैन, जम्मा हुन दिनुहुँदैन । हामी रोगी हुने प्रमुख कारण नै फोहोर हो ।
फोहोरको कारण कयौँ रोग लाग्न सक्छ । विशेषगरी यो वर्षातको मौसममा घर, कोठा तथा आँगन सफा राख्नु पर्छ । यसकारण आज हामी फोहोरका कारण फैलने रोगहरूका विषयमा जानकारी गराउँछौ ।
श्वासप्रश्वासको समस्या
वरिपरिको धुलो धुवाँ वा फोहोरले श्वासप्रश्वासको समस्या पनि हुने गर्छ । श्वास फेर्दा वातावरणमा रहेका धुलो तथा कीटाणु शरीरमा प्रवेश गर्छन्, जसले गर्दा यस्तो समस्या देखिने गर्छ ।
डेंगु
यो लामखुट्टेका माध्यमबाट लाग्ने रोग हो । यो फैलाउने लामखुट्टे जमेको पानीमा हुर्कन्छ । त्यसैले आफ्नो वरपर पानी जम्न नदिइ सरसफाइ गरेमा डेंगुबाट बच्न सकिन्छ । डेंगु भएको अवस्थामा ज्वरो आउने, टाउको र मांसपेशीमा दुखाई तथा बान्ता हुने समस्या देखिन सक्छ ।
टाइफाइड
यो रोग दूषित भोजन वा दूषित पानीका कारण फैलने गर्छ । यसमा रोगीलाई ज्वरो आउने, टाउको वा पेट दुख्ने, थकान तथा कमजोरी, बान्ता जस्ता लक्षण देखिन्छन् ।
मलेरिया
वरिपरि फैलिएको फोहोरमा कयौँ प्रकारका लामखुट्टे तथा कीटाणु पैदा हुन सक्छन् । मलेरिया लामखुट्टेका कारण फैलिन्छ । जसबाट बच्न वरिपरि सरसफाइमा ध्यान दिनु पर्दछ ।
छालाको समस्या
फोहोरको सम्पर्कमा आउँदा कतिपयलाई छालासँग जोडिएका समस्या हुन्छ । फोहोरको सम्पर्कमा आउँदा छाला चिलाउने, पोल्ने दाना आउने तथा रातो हुने जस्ता समस्या हुन्छ ।
भाइरल सङ्क्रमण
भाइरल सङ्क्रमणबाट बच्न तपाईँले आफू लगायत वरिपरिको वातावरण सफा राख्नुपर्ने हुन्छ । यो रोग सङ्क्रमित किराले टोक्दा वा दूषित भोजन वा पानीको सेवनले फैलन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया