रौतहट– बर्षासंगै आएको पानीको भेलले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासभन्दा करिब २ किलोमीटर पश्चिमस्थित बेलगाछि पुल क्षति ग्रस्त हुँदा यातायात प्रभावित भएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत टूटेश्वर महादेव जाने बाटो छेउ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट पूर्ण रूपले क्षति भएपछि आवागमन प्रभावित भएको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम जाने दर्जनौं मालबाहक तथा यात्रु वाहक गाड़ीहरु बिहानैदेखि जाममा परेको थियो ।
प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर रोकिएको गाडीहरु पास गराएको छ। सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले पुल बिहान ३ बजेतीर पानीको भेलले क्षतिग्रस्त हुँदा केही घन्टा यातायातमा कठिनाई भएको बताएका छन् ।
अहिले प्रहरीले पूर्व पश्चिमबाट आउने गाडीहरुलाई लालबन्दीबाट रूट बदलेर हुलाकी राजमार्ग ,रेलगार्ग हुदै पठाएको छ एसएसपी ओलीले बताएका छन्। क्षतिग्रस्त पुल मर्मतको काम द्रुतगतिमा चलिरहेकाले केही समय पछि सञ्चालन हुने उनले जानकारी दिएका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया