काठमाडौँ– तपाईंको शहर सुन्दर छ धेरै पर्यटकहरूको आगमन हुनु स्वभाविक हो । पर्यटकको स्वागत गर्न पाउँदा त्यहाँका स्थानीयलाई खुशी पनि लाग्छ ।
तर, युरोपमा पर्ने इटालीको एक शहरका स्थानीयले पर्यटक धेरै आएको भन्दै शहरको नाम नै फेरिदिएका छन् ।
इटालीको भेनिस शहरका स्थानीयहरू धेरै पर्यटक आएको भन्दै रिसाएका छन् । त्यति मात्र होइन, उनीहरूले पर्यटकले सडकको अवस्था खराब भएको भन्दै शहरको नाम नै परिवर्तन गरेका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार स्थानीयले भेनिस शहरको नाम भेनिसल्याण्ड नामाकरण गरेका छन् । शहरमा हाल एक एम्यूजेमेन्ट पार्क बन्दै छ । यसले गर्दा पनि स्थानीय रिसाएका हुन् ।
शहरको सौन्दर्यता, शान्त र लोकप्रिय गन्तव्य भएकै कारण हरेक वर्ष करीब तीन करोड पर्यटक सो क्षेत्रमा पुग्ने गर्छन् । तर यसले गर्दा शहरमा धेरै नै समस्याको उत्पत्ति भएको स्थानीयको गुनासो छ । यसैले गर्दा यहाँका अधिकारीहरुले गर्मीयाममा यहाँ आउने पर्यटकसँग ५ युरोदेखि करीब ५०० रुपैयाँसम्म कर लगाउने गरेका छन् ।
तर, पनि एक दिनभन्दा बढी बस्ने पर्यटकहरुसँग स्थानीय बासिन्दा रिसाएका छन् । एक दिनका लागि पर्यटकलाई शहरमा राख्न स्थानीय तयार हुन्छन् । त्यसपछि भने रिसाउने स्थानीय बासिन्दाहरु सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।
उनीहरुले विभिन्न पोस्ट बनाएर पनि आलोचना गर्दै आएका छन् । उनीहरुले भनेका छन्, ‘५ युरोले भेनिसमा पर्यटकको भीडभाडलाई कसरी कम गर्छ ? यहाँ यात्रा गर्न तथा होटलमा बस्नको लागि केही मात्रै युरो खर्च गर्दा पनि पुग्छ । तर ५ युरो धेरै नै बढी भयो । म इण्डोनेसिया फर्कदै छु ।’
एक तिखो प्रतिक्रियासहित एक जना प्रयोगकर्ताले भेनिस एक जीवन्त शहरबाट एक संग्रहालय बनेको बताएका छन् । त्यसैमा एक जनाले लेखेका छन्, ‘यसको आवश्यक छ । किनकि भेनिस एक अब्बल सहर हो । यहाँ कुनै पनि एम्युजमेन्ट पार्क छैन । जहाँ तपाईं प्रवेश गर्नका लागि टिकट काट्नुपर्ने हुन्छ ।’
भेनिसका स्थानीयको आक्रोस यतिमा मात्रै सीमित छैन । एक स्थानीय व्यक्तिले जवाफमा ऐतिहासिक शहर ‘एम्यूजमेन्ट पार्क’ मा परिवर्तन भएको बताएका छन् । जुन कबाडीको पसलबाट भरिएको छ । त्यसैले गर्दा पनि शहरलाई भेनिसल्याड नामाकरण गरेको छ । अधिकांशले पर्यटकले शहरलाई मारेको आरोप लगाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया