मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चराको जस्तै गुडमा बस्छन् यी गाउँका मानिस

यो विश्वमा एउटा यस्तो गाँउ छ जहाँका मानिस भव्य घरमा होइन गुडमा बस्दै आएका छन् ।

इरानको एउटा गाँउका मानिस गुडमा बस्दै आएको छ । उनीहरुको घर, घर जस्तो होइन चराको गुड जस्तो देखिन्छ । र त्यो पनि २/४ बर्ष वा एक दशकअघिबाट होइन विगत ७ सय बर्षदेखि उनीहरु चराको गुड जस्तो घरमा बस्दै आएका छन् ।

इरानको कन्दोवन गाँउका मानिसको घर चराले झै गुड जस्तो घर बनाएर बस्ने गर्दछन् । उनिहरुको घर मात्र होइन, परम्परा रहनसहन पनि अद्भुत छ । खासमा बर्षौ पहिले यहाँ मंगोलको आतंक थियो ।

मंगोलको हमलाबाट बच्न उनीहरुका पूर्वजले लुक्न ज्वालामुखी चट्टानलाई खनेर यस्ता घर बनाए । पछि यहि घर उनीहरुको स्थानी घर भयो । यसैको निरन्तरता स्वरुप यो गाँउका घर विश्वभर चर्चित बने ।

बाहिरबाट देख्दा अनौठो भएपनि यहाँका घर निकै आरामदायी छन् । रोचक त के छ भने यँहाका हरेक घर वातावरणको अनुकूल छ । जसका कारण चिसो मौसममा तातो र गर्मी मौसममा चिसो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?