मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षायाममा भुलेर पनि नखानुहोस् यी खानेकुरा, नत्र बिरामी पर्नुहोला

काठमाडौँ – वर्षायाममा भुलेर केही यस्ता खानेकुरा खानु हुँदैन, यदि भुलेर खाएमा बिरामी परिनेछ । यी खानेकुरा जुन स्वस्थ्य मानिन्छ तर वर्षायाममा स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वर्षायामले धेरै रोगहरु लिएर आउँछ । यही कारणले गर्दा मनसुनमा खानपानमा विशेष ध्यान दिन सुझाइन्छ । वास्तवमा यो मौसममा स्वस्थ मानिने फलफूल र तरकारीमा कीरा र ब्याक्टेरिया लुकेका हुन्छन् जसले तपाईलाई बिरामी बनाउन सक्छ ।

बन्दागोभी, काउली र ब्रोकाउलीको सेवन पनि मनसुनमा हानिकारक साबित हुन सक्छ। सामान्यतया यी सागसब्जीलाई स्वस्थकर मानिन्छ तर वर्षायाममा यसमा किरा लुकेर बसेका हुन्छन् जुन स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

मनसुनमा जमिनमुनि फल्ने तरकारी खानबाट पनि टाढा रहनुपर्छ । यस मौसममा गाजर र मूला जस्ता तरकारीहरू खानबाट जोगिनुपर्छ र खाँदा पनि पकाएर खानुपर्छ ।

हरियो सागसब्जी स्वास्थ्यका लागि स्वस्थकर मानिन्छ तर यो मौसममा यी तरकारीमा ब्याक्टेरिया र फङ्गस बढ्न थाल्छ, जसले तपाईको स्वास्थ्यलाई हानि पुर्‍याउँछ र तपाईको पाचन प्रणालीलाई असर गर्छ ।

धेरै पटक, वर्षाको दिनमा च्याउ खाँदा खाना विषाक्तता जस्ता समस्याहरूको जोखिम बढ्छ। यसबाट बच्न च्याउ नखानुहोस् ।

स्वास्थ्य सचेत र फिटनेस फ्रिक मानिसहरु बिहानको खाजामा स्प्राउट्स खान रुचाउँछन् र यसलाई स्वस्थ्यकर पनि मानिन्छ तर वर्षायाममा यसले फाइदाको सट्टा हानि पु¥याउन सक्छ । यसमा E. coli नामक ब्याक्टेरिया पाइन्छ जसले पाचन प्रणालीसँग सम्बन्धित समस्या बढाउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?