काठमाडौँ— हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ठोस अवस्थाको ब्याट्रीलाई १० मिनेट भित्रमा कसरी पूर्ण रूपमा रिचार्ज गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाएका छन् ।
नेचर मटेरियल्सको नयाँ संस्करणमा प्रकाशित यो अनुसन्धानले सोलिड स्टेट ब्याट्री प्रविधिमा सफलता हासिल गरेको शोधकर्ताले बताएका छन् ।
लेखका प्रमुख लेखक जिन ली नयाँ डिजाइन गरिएको ब्याट्रीमा ६ हजारको अनुमानित चार्जिङ साइकल रहेको उल्लेख गरेका छन् ।
ब्याट्रीहरूमा रहेको लिथियम मेटल एनोडहरूका कारण विशेष गरेर ईभीको ड्राइभिङ दायरा धेरै हदसम्म बढाउन सकिने पनि उल्लेख गरिएको छ ।
शोधकर्ताहरूका अनुसार अनुसन्धानले औद्योगिक र व्यावसायिक प्रयोगको लागि उच्च दक्षताको साथ व्यावहारिक सोलिड—स्टेट ब्याट्रीहरूको लागि महत्त्वपूर्ण प्रभाव पार्नेछ ।
यस्तै अनुसन्धान टोलीले एनोड र क्याथोड बीचको विभिन्न सामग्रीहरू छुट्टाउने मल्टिलेयर ब्याट्री समेत डिजाइन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया