मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

सिमकोट ‘हुम्ला’ – जिल्लाको सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षीय क्यान्सरपीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ ।

दीपेश बुढा मस्तिष्क क्यान्सर ‘ब्रेन ट्युमर’ ले ग्रसित हुँदा उपचारका लागि आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । चिकित्सकका अनुसार क्यान्सरबाट पीडित छोराको शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावले समस्या भएको बुबा बलबहादुर बुढाले गुनासो पोखे । छोरालाई शल्यक्रिया गर्न काठमाडौँ पु¥याइएको जनाउँदै रकम जुटाउन नसक्दा शल्यक्रिया नभएको उनले बताए ।

छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गरेको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए । बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे ।

आइतबारदेखि सहयोग सङ्कलन थालिएको बताउँदै वडाध्यक्ष बुढाले हिजो पहिलो दिन रु ४३ हजार १५ सङ्कलन भएको जानकारी दिए । “क्यान्सरपीडित बालकलाई सहयोग गर्न बालकका नाममा रहेको वाणिज्य बैङ्कको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत सहयोग गर्न सकिन्छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?