मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘घरज्वाइँ’ को विवादित दृश्य नहटाएसम्म फिल्म नचलाउन हलवालालाई तमु धिं को चेतावनी

काठमाडौँ– मगर समुदायमा आधारित फिल्म ‘घरज्वाइँ’ को विवादित दृश्यलाई लिएर हलवालालाई फिल्म नचलाउन तमु धिं नेपालले चेतावनी दिएको छ ।

तमु धिं नेपालले एक विज्ञप्ति जारी गर्दै अनिश्चित कालका लागि फिल्म नचलाउन चेतावनी दिएको हो ।

फिल्ममा समावेश रोधी घरको कन्सेप्ट गलत भएको भन्दै यसअघि पनि विवाद उत्पन्न भएको थियो । फिल्ममा रोधी संस्कृतिलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै आरोप समेत लगाएका छन् ।

‘चलचित्र घरज्वाइँले गुरुङ समुदायको रोधी/रोदी संस्कृतिमाथि दृष्यांकन गरेको दृश्य रोधीको विधि र विधानको विपरीत भएको तमु गुरुङ समुदायको निष्कर्ष हो,’ हुमबहादुर गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुरुङ समुदयाको भाषा, संस्कृति र परम्परा संरक्षणका लागि अनिश्चित कालसम्मका लागि तपाईँले चलचित्र प्रदर्शन नगरी हाम्रो अभियानमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ, अन्यथा हुनसक्ने क्षतिका लागि हामी जिम्मेवार रहने छैनौँ ।’

तमु धिं नेपालले यो पत्र पोखराको मिडटाउन मुभिज प्रालिलाई काटेको हो ।

तमु धिं नेपालले विवादित दृश्य हटाउन यसअघि पनि पटकपटक भनिए पनि निर्माण टिमले बेवास्ता गरेको बताएको छ ।

मगर समुदायको संस्कृतिमा आधारित यो फिल्ममा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका छ । बाग्लुङको तकसेरामा अधिकांश दृश्य खिचिएको यो फिल्मलाई मगर समुदायको संस्कृति भनिएको छ ।

अनिल मगरले निर्देशन गरेको यो फिल्म हलमा दोस्रो सातामा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?