मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किसमिसलाई दूधमा भिजाएर खाने गर्नुहोस्, हुन्छ नसोचेको फाईदा

काजु, किसमिस सबैलाई मनपर्छ । हामीले यी ड्राईफ्रुटहरु पानीमा भिजाएर, दूधमा भिजाएर वा खिर, पुलाउ, लस्सी लगायतका खानेकुराहरुमा राखेर सेवन गर्ने गर्छौँ ।

तपाईले मानिसहरूलाई दूधसँग ड्राई फ्रुट खाएको देख्नु भएको होला । दूधसँग ड्राई फ्रुट खाँदा पचाउन सजिलो हुन्छ र यसको गुण पनि बढ्छ । साथै, तपाईँले दुवैको फाइदा सँगै पाउनु हुन्छ । दूध र किसमिस सँगै खानु पनि सामान्य हो । हामीमध्ये धेरैले यसको सेवन गर्छौँ । यो संयोजन धेरै स्वास्थ्य लाभहरूले भरपुर हुन्छ, साथै यसले धेरै शारीरिक समस्याहरूलाई रोक्न र राहत दिन मद्दत गर्दछ ।

कतिपयले यसलाई दूधमा मिसाएर सेवन गर्छन् भने कसैले उमालेर खाने गर्छन् । तर के तपाईँलाई थाहा छ, दुवैको स्वास्थ्य लाभ प्राप्त गर्ने अर्को प्रभावकारी तरिका पनि छ ? त्यो के हो भने, किसमिसलाई दूधमा ७–८ घण्टा भिजाएर पनि सेवन गर्न सकिन्छ । धेरैले पानीमा भिजाएर किसमिस खान्छन्, त्यसै गरी दूधमा भिजाएर पनि खाने गर्छन् । दूध क्याल्सियम, प्रोटिन, भिटामिन डी, बी र अन्य धेरै आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत हो ।

जबकि किसमिसमा डाइटरी फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, जिङ्क, कपर आदि प्रशस्त मात्रामा पाइन्छ । किसमिसलाई दूधमा भिजाउँदा त्यसमा पाइने एन्टि न्यूट्रिएन्टलाई नष्ट गर्नुका साथै दूधमा रहेको पौष्टिकतालाई अवशोषित गर्छ । पचाउन सजिलो हुन्छ र यसबाट स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । राति सुत्नुअघि दूधमा ५–६ वटा किसमिस भिजाएर बिहान खाली पेटमा खाँदा स्वास्थ्यमा अचम्मको फाइदा पुग्छ ।

दूधमा भिजाएर किसमिस खानुका फाइदाहरू
हड्डी र मांसपेशी स्वस्थ रहन्छ
क्याल्सियम, प्रोटिन र फाइबरले भरपुर, यो संयोजन हड्डी र मांसपेशीहरूको बल बढाउन र यिनीहरूलाई बलियो बनाउन धेरै महत्वपूर्ण छ । यसको नियमित सेवनले जोर्नी र मांसपेशी दुखाइमा धेरै फाइदा हुन्छ ।

रगतको कमी हुदैँन
शरीरमा रक्तअल्पता भएका व्यक्तिहरूले दूधमा भिजाएर किसमिस दैनिक खाएमा रक्तअल्पता छिट्टै नै हट्छ । किसमिसमा आइरन प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा यसको सेवनले रगतमा अक्सिजन बढ्छ र रातो रक्त कोशिकाहरू बढाउँछ ।

रक्तचाप नियन्त्रण
दूधमा भिजाएर किसमिस खाँदा रक्तचाप नियन्त्रणमा मद्दत पुग्छ । यसको नियमित सेवन गर्नाले मुटु रोगको जोखिम पनि कम हुन्छ ।

पेट सफा बनाउँछ
जसलाई बिहान कब्जियतको समस्या हुन्छ र दिसा राम्रोसँग हुँदैन भने उनीहरुले बिहान दूधमा भिजाएको किसमिस खाएमा आन्द्राको चालमा सुधार हुन्छ र पेट सफा हुन्छ । किसमिसमा फाइबर प्रशस्त हुने भएकाले यसले पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ । जसका कारण तपाईँ पेटमा ग्यास, कब्जियत, फुल्ने, वाकवाकी लाग्ने जस्ता समस्याको सिकार हुनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?