मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केही ज्ञानवर्धक तथ्यहरू

१. देब्रे हात

संसारभर करिब २० करोड मानिसले देब्रे हात चलाउँछन् ।

२. बार कोड

प्रायः उच्चस्तरीय उत्पादकत्व वस्तुहरूमा बार कोड प्रयोग गर्ने गरिन्छ । बार कोड सबैभन्दा पहिला सन् १९७३ मा Wrigleys चिविङ गम कम्पनीले प्रयोग गरेको थियो । यस कम्पनीको स्थापना चाहिँ सन् १८९१ मा भएको हो ।

३. अब्बा

असीको दशकमा हिट भएको साङ्गीतिक समूहको नाम वास्तवमा त्यस समूहका सदस्यहरुको नामको अघिल्ला अक्षरहरुको सङ्गमबाट भएको हो । उनीहरु Agnetha, Bjorn, Benny, Anni-frid थिए ।

४. चारकुने मुद्रा

राजा प्रताप मल्लले आफ्नो शासनकालमा चारकुने मुद्रा चलाएका थिए ।

५. वर्गाकार आँखा

बाख्रा र अक्टोपसको आँखाको नानी वर्गाकार आकारको हुन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?