काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफैं आधिकारिक महामन्त्री रहेको दाबीसहित निर्वाचन आयोग गुहारेका छन् ।
आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने जिकिर गरेका हुन् ।
उनले रास्वपाले आफूलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धी ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।
उनले आफूलाई सफाइको अवसर नै नदिएर पदबाट हटाइएको दाबी समेत गरेका छन् ।
२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेर साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया