मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँप सेवन गर्दा शरीरलाई फाइदै–फाइदा

वर्षयामको महिनामा अत्यधिक खाइने फलफूलमध्ये एक हो, आँप । आँपलाई फलफूलको राजा भनेर पनि चिनिन्छ । केटाकेटी, युवा र बुढापाका सबैलाई मन पर्ने आँपले स्वास्थ्यलाई पनि धेरै नै फाइदा गर्छ ।

आँप भन्ने बित्तिकै धेरैको मन लोभिने गर्दछ । आँपको अचार समेत बनाएर खाने गरिन्छ । मन लोभ्याउने आँपका फाइदा पनि अनेक रहेका छन्।

आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिङ्क, मिनरल्स, फाइबर पाइने भएकाले आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्दछ । यसकारण आज आँप खानुका फाईदाहरुका विषयमा हामी तपाईँलाई जानकारी गराउँछौ । 

–आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ ।

– आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्दछ ।

–आँपले दृष्टि शक्ति बढाउँछ । यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउँछ ।

–आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरूमा उच्च मात्रामा भिटामिन सी हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।

– आँपमा पाइने फाइबर र भिटामिन सी ले शरीरमा कोलेस्ट्रोल लेवल कम गर्न मद्दत गर्दछ ।

– आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट बचाउन मद्दत गर्दछ । 

– आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्ने गर्दछ ।

–यसले प्रजनन क्षमतामा वृद्धि गर्छ  आँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ । यसले तौल पनि बढाउँछ, साथै गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ । 

–आँपमा कपर, सेलेनियम, जिङ्क तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन्।् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?