मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टन्सिल हुन नदिन के गर्ने ?

काठमाडौं– मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ । अझै यस सिजनमा धेरै जना टन्सिलको समस्याले धेरै जनालाई सताउने गर्दछ ।

मुख र दाँतको राम्रो सफाइ नगर्नु, कुपोषण तथा वातावरणीय प्रदूषणका कारण पनि टन्सिलको समस्या हुन सक्छ भने ब्याक्टेरियाको कारणले पनि टन्सिल हुन्छ । टन्सिलको समस्याबाट सबैभन्दा धेरै बालबालिका र किशोरवस्थाका मानिस पीडित हुने गर्दछन्।

के हो त टन्सिलको उपचार ?

सामान्य अवस्थामा घाँटी दुख्दा घरमै तातो झोलीय पदार्थहरू प्रशस्त खाने, मनतातो पानीले कुल्ला गरेर बिरामीले आराम गर्नु आवश्यक हुन्छ। दुखाइ बढ्दै गएर ज्वरो आउने, जोर्नीहरु दुख्नेजस्ता समस्याहरु देखिएमा ज्वरो घटाउने र दुखाइ कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नुपर्छ ।

टन्सिलको अवस्था हेरी एन्टिबायोटिकसमेत खानुपर्ने हुन्छ तर, कतिपयले आफूखुसी एन्टिबायोटिक खाने गर्नुहुन्छ। यस्तो गर्नु हुँदैन सकेसम्म टन्सिलको लक्षण देख्नबित्तिकै हामीले घरमै उपचार गर्न सकिन्छ। जसले टन्सिलाको जटिलताबाट बच्न सकिन्छ।

रोकथाम तथा घरेलु उपचार

दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने।

तातो पानीको बाफ लिने।

मह मिसाएको मनतातो पानी तथा अन्य झोलीय पदार्थ पर्याप्त सेवन गर्ने।

गलालाई असर पार्ने पदार्थहरू र एलर्जीजन्य तत्वहरू जस्तै– धुवाँ, रसायन वा धुलो आदिबाट जोगिने ।

चिसो र फ्रिजमा राखेका खानेकुराका साथै चिल्लोयुक्त खाने कुराहरु कम खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?