हाँस्नु सकारात्मक कुरा हो । यसले शरीरमा छुट्टै प्रकारको ऊर्जा दिन्छ । तपाईँको हाँसोले सकारात्मक व्यक्तित्वलाई दर्साउँछ । हँसिलो अनुहारले अरूको मन सजिलै जित्न सक्छ ।
त्यसैले, हँसिलो मुहार भएको मानिस सबैको प्यारा हुन्छन् । हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ ।
आउनुहोस् आज हामी हाँस्नुका फाइदाहरूका विषयमा चर्चा गरौँ ।
–हाँस्नु तथा मुस्कुराउनुले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ। किनकि यसबाट पर्याप्त मात्रामा सेता रक्तकोषको निर्माण हुन्छ तथा विभिन्न खाले हर्मोनको उत्सर्जन पनि हुन्छ ।
–हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै मांसपेशीलाई आराम दिलाउँछ।
–तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ ।
–हाँस्ने बानीले स्वस्थ रहन मद्दत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रूपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।
–यसले रक्तनलीको कार्यमा सुधार गर्छ, जसले गर्दा रक्त सञ्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
–दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने ३ देखि ४ पाउण्डसम्म तौल घट्छ ।
– जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको एक अध्ययनले देखाएको छ ।
–हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ ।
–मुस्कुराएर बोल्दा परिवारमा झैँ–झगडा कम हुने र सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक–अर्कामाथि द्वेषको भावना आउँदैन । फलस्वरूप सामाजिक सम्बन्धसमेत बलियो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया