मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु

काठमाडौँ – कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ ।

गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर केही दिन अघि ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायांकन सुरु गरिएको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नयाँ अभिनेत्रीमा अलिशा बास्तोलाको प्रवेश भएको छ । उनको यो डेब्यू फिर्चड फिल्म हो । यस अघि उनले दजनौं म्यूजिक भिडिओमा काम गरिसकेकी छिन् ।

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

यो फिल्मको बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ । दोस्रो सेड्यूलको छायांकन आजबाट सुरु गरिएको जानकारी दिँदै निर्माता विनोद पौडेलले जानकारी अनुबन्धित गराइएको बताए । फिल्ममा अलिशाको भूमिका विशेष रहेको जानकारी दिए ।

यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सोसल-ड्रामा जनरा रहेको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको निर्मापक्षको भनाइ छ । फिल्मका निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको कथा रहेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी कर्ता रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ । निर्माण टिमले फिल्मलाई विं।सं।२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?