काठमाडौँ – फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको बरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताए ।
ओलम्पिकको पूर्वसन्ध्यामा सुरु गरेको अपरेसनले सबै खाले साइबर अपराधविरुद्ध लड्न मद्दत पुग्ने उनले बताए । अभियानले जासुसी वा आक्रमणको उद्देश्यले कम्प्युटरहरू ह्याक गर्ने, तथ्याङक चोरी गर्ने नेटवर्कलाई लक्षित गरेको छ ।
जुलाई १८ बाट सुरु भएको अभियानले सर्भर नियन्त्रणमा लिई समस्या समाधान गर्न सफल भएको बताए । उनले यस अघिनै अभियानमार्फत समस्याग्रस्त युरोपेली देशलाई सहयोग गरेको र अभियान लामो समयसम्म चल्ने विश्वास दिलाए ।
उनले पेरिस ओलम्पिकका लागि खतराको उल्लेख नगरे तापनि गत हप्ता फ्रान्सेली सरकारको साइबर सुरक्षा निकायले शुक्रबारको खेलमा आक्रमण हुनसक्ने चेतावनी भने दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया