लसुनलाई हामी तरकारीमा मसलाको रूपमा प्रयोग गर्छौ । अन्य लसुनको प्रयोग र फाइदाहरूको विषयमा हामी अनविज्ञ नै छौ ।
तर लसुनका निकै उपयोगिता र फाइदाहरू रहो छन् । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । लसुनको केस्रा मात्र होइन हरियो पातले पनि तरकारी स्वादिलो बनाउने मात्र नभई पेट सम्बन्धी विभिन्न विकार पनि हटाउँछ ।
लसुन प्राय हामीले दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गर्छौ। यसले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउँछ । नियमित लसुनको प्रयोग गर्नाले धेरै थरीका रोगहरूबाट छुटकारा मिल्छ ।
हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिने लसुनले शरीरभित्र पैदा हुने अनेकौँ रोगहरूलाई नास गर्छ । यो धेरै प्रकारको रोगहरूको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ । केही खानुभन्दा पहिले लसुन खानुहुन्छ भने यसले तपाईँको तागत बढाउने गर्दछ । लसुनमा एलिसिन भन्ने तत्त्वले रोग प्रतिरोधी क्षमता बढाउँछ ।
लसुन एक प्रकारको महत्त्वपूर्ण प्राकृतिक एन्टिबायोटिक हो । बिहान खाली पेटमा लसुन खानाले ब्याक्टेरिया ओभरएक्सपोज्ड हुने गर्दछ । लसुनको शक्तिले यस्ता ब्याक्टेरियाहरू आफ्नो रक्षा गर्न सक्दैनन् । बिहान खाली पेटमा लसुन पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
लसुनमा धेरै पौष्टिक तत्त्व पाइन्छ जसले धेरै रोगबाट बचाउँछ । बिहान खाली पेट लसुन पानी पिउनाले रक्तचाप नियन्त्रणमा रहन्छ ।लसुनमा भिटामिन बी ६, भिटामिन सी, फाइबर, म्यांगनीज, एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिप्यारासाइटिक जस्ता तत्त्व पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । तर बिहान खाली पेटमा लसुनको टुक्रा खानुको सट्टा लसुन सँगसँगै पानी पिउनाले धेरै नै स्वास्थ्य लाभ हुन्छ ।
यदि तपाई पनि धेरै रोगहरूबाट सुरक्षित रहन चाहनुहुन्छ भने बिहान खाली पेटमा लसुन पानी पिउन सुरु गर्नुहोस् । बिहान खाली पेटमा लसुन पानी पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।
साथै रक्तचापलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । रक्तचाप नियन्त्रण गर्न बिहान खाली पेटमा लसुनको पानी पिउनु निकै फाइदाजनक हुन्छ । किनभने लसुनमा पाइने तत्त्वले प्राकृतिक रक्तचाप नियन्त्रणमा रहन्छ ।
यदि तपाईँलाई उच्च रक्तचापको समस्या छ भने बिहान खाली पेटमा काँचो लसुन चपाएर पानी पिउनुहोस् । साथै पाचन शक्तिलाई बलियो बनाउन बिहान खाली पेटमा लसुनको पानी पिउनु पनि निकै फाइदाजनक हुन्छ ।
किनभने बिहान खाली पेटमा काँचो लसुन चपाएर पानी पिउनाले पाचन प्रक्रियालाई स्वस्थ राख्छ । जसले गर्दा पाचन प्रणाली राम्रोसँग काम गर्छ । यसका साथै पेट सम्बन्धी समस्या पनि टाढा रहन्छ ।
रुघाखोकीबाट बच्न पनि बिहान खाली पेटमा लसुनको पानी पिउनु निकै फाइदाजनक हुन्छ । किनभने लसुनमा एन्टिबायोटिक्स र एन्टिफङ्गल प्रचुर मात्रामा पाइन्छ, जसले रुघाखोकीबाट बचाउन मद्दत गर्छ ।
साथै, लसुनमा घाउ वा कुनै पनि सङ्क्रमण छिट्टै निको पार्ने गुण हुन्छ । यसले रुघाखोकी, फ्लू र ब्याक्टेरियाको सङ्क्रमणबाट बच्न मद्दत गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया