टाउको दुख्नु नेपालीहरूको साझा रोग हो । केही रोग र स्वास्थ्य समस्या नभएका मानिसहरूलाई पनि सामान्य टोको दुख्ने समस्याले भने सताएकै हुन्छ ।
टाउको दुख्नुका अनेक कारण हुन्छन् जस्तै कामको दबाब धेरै हुँदा, तनाव, पर्याप्त निद्रा नपुग्दा, धेरै सोच्ने बानीका कारण, थकान, रक्तप्रवाह कम भएका कारण लगायत अन्य धेरै कारक तत्व हुन्छ ।
महिना दिनमा एक दिन टाउको दुख्नु सामान्य हो तर लगातार टाउको दुखिरहनु खतराजनक रोगको सङ्केत पनि हुनसक्छ । त्यसैले यसको निवारणका लागि पनि हामीले सोच्न जरुरी छ ।
यस्ता छन् टाउको दुख्ने समस्याबाट राहत पाउने उपायहरू
–नियमित दुई पटक १० देखि २० मिनेट ध्यान गर्नाले शरीर र मन दुबैलाई आराम मिल्छ । टाउकोमा रक्तप्रवाह बढ्छ । जसकारण तपाईँलाई समस्याबाट राहत मिल्छ ।
–टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि तपाईँले शरीरलाई पानीको कमी हुनबाट बचाउन पनि जरुरी छ । तपाईँले पर्याप्त मात्रामा पानी पिउने गर्नुहोस् । जसकारण टाउको दुख्ने समस्याबाट बच्न सकिन्छ ।
–लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरै पटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।
–समयमै खाना खाने, समयमै सुत्ने, अनिदो नबस्ने, घाममा हिँड्दा चस्मा, क्याप लगाउने र सकेसम्म भिडभाडमा कम हिँड्ने गर्नुभयो भने सामान्य टाउको दुखाइको सामना गर्नुपर्नेछैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया