मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अचम्मको गाउँ जहाँ जुत्ता लाउन पाइँदैन

भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाँउमा जुत्ताचप्पल नलगाउने परम्परा छ ।

कलिमायन नामक यस गाँउमा सयौं र्षदेखि जुत्ताचप्पल लगाउन नपाउने नियम छ । यहाँ जुत्ताचप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जूत्ताचप्पल लगाउन मनाही गर्दछन् ।

जुत्ताचप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ । खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुदैं आएको छ । उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् ।

उनै देवताप्रति अपार आस्था देखाउन यस गाउँ भित्र जुत्ताचप्पल नलगाउने रित बसेको हो । अब यसमा अझै रोचक त के छ भने यदि उनीहरु बाहिर जानु परे हातमा चप्पल बोकेर आउँछन् र गाउँबाट बाहिर पुगेपछि मात्र पहिरिन्छन् ।

त्यस्तै गाउँ भित्रनु अघि फेरी जुत्ताचप्पल खोलेर खालीखुट्टा जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?