शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यकता पर्छ । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व सजिलै प्राप्त गर्न सकिन्छ । क्वाँटी पोषणको हिसाबले पनि धेरै फाइदाजनक हुने पोषणविद् उमा कोइराला बताउँछिन् ।
भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।
कति मात्रामा खाने ?
क्वाँटीबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ । युरिक एसिड बढ्ने डर हुन्छ ।
यसको भार मिर्गौलामा पर्न सक्छ । अत्यधिक वा अनियन्त्रित क्वाँटी खाँदा त्यसले मिर्गौलालाई असर गर्छ । त्यसैले जसलाई यस्ता रोग लागेको उनीहरूले थोरै मात्रामा खानुपर्छ ।
क्वाँटी खानुको फाइदा
बालबालिकाको वृद्धि विकासमा सहयोग गर्नाको साथै कुपोषणबाट बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
स्मरण शक्ति वृद्धि तथा मानसिक स्वास्थ्यमा सुधार ।
तत्काल आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
मांसपेशीको मर्मत सम्भारमा सहयोग गर्छ ।
रक्तसञ्चार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
कब्जियत हटाउनुका साथै पाचन शक्तिमा सुधार गर्छ ।
मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ ।
शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ ।
पौष्टिक तत्त्व पर्याप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया