मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुशील श्रेष्ठको एक्सन प्याक फिल्म ‘आउट ल: दफा २१९’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ– अभिनेता सुशील श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘आउट लः दफा २१९’ को टिजर सार्वजनिक गरिएको छ । उक्त टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा भरपूर एक्सनका दृश्यहरु समावेश गरिएको छ । एक कैदी जेलबाट भागेर प्रहरीले उसलाई खोजी गरिरहँदा हुने द्वन्द्वलाई फिल्ममा कथानक बनाइएको छ । यसअघि सुशीलले ‘होस्टल रिटर्न्स’, ‘लभ डायरिज’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।

‘आउट लः दफा २१९’ मा सुशीलले पृथ्वीजङ्ग थापाको भूमिका निर्वाह गरेका छन् ।

विक्की महर्जनले निर्देशन गरेको यो फिल्ममा शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, सोनी लागुन, हेम गुरुङ लगायतका कलाकारको समेत अभिनय रहेको छ । यो फिल्मबाट शिक्षाले रजतपटमा डेब्यु गर्दैछिन् ।

दक्षिण भारतीय फिल्मको जस्तो झल्को दिने फिल्मको टिजरमा नवीन गुरुङको छायांकन, चुल्ठे काजीको कोरियोग्राफी छ भने साहिल खानले सम्पादन गरेका छन् ।

निर्माण टिमका अनुसार यो फिल्म आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?