काठमाडौँ – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् ।
कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टौंडाको टोलीले आइतबार नगद १ लाख पचास हजार र ४ लाख पचास हजार रुपैयाँको चेक सहित नियन्त्रणमा लिएको हो।
अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया