मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वरिष्ठ हास्यकलाकार हरिबंशको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ – नाकबाट रगत आएपछि अस्पताल भर्ना भएका वरिष्ठ हास्यकलाकार हरिबंश आचार्यको स्वास्थ्य अवस्था सुधार भएको छ ।

बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो ।

उनी विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमति पत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिबंश शनिबार विराटनगर आएका थिए ।

उनी आइतबार बिहान काठमाडौँ फर्कने तयारीमा थिए । तर अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना भए ।

हरिबंश आफैंले पनि सोमबार नाकभित्रको सानो नसा फुटेको पाइएको बताएका छन् । ‘फुटेको नाकभित्रको नसालाई टाल्ने काम भइसकेको छ । अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?