काठमाडौँ– कलाकार नविना सुनुवारले कलामा पूर्ख्याैली थलोको स्मरण गरेकी छिन् ।
लाजिम्पाटस्थित ताक्पा आर्ट ग्यालरीमा असार २९ गतेदेखि शुरु भएको कला प्रदर्शनीमा उनले ‘इकोज फ्रम द ल्यान्ड अफ मेमोरिज’ शीर्षकमा ओखलढुंगामा रहेको आफ्नो पूर्ख्याैली घरलाई सम्झेकी छिन् ।
उनका कलाकृतिहरुमा उनको व्यक्तिगत र पारिवारिक सम्झनाहरूलाई पुनर्जीवित गरेको पाइन्छ । वुडकट प्रिन्टमेकिङ्ग मार्फत सिर्जना भएका चित्रहरुमा बिर्सिएका घरका सम्पूर्ण पुराना सम्झनाहरु वस्तुहरु झलक देखिन्छ ।
उनको एकल कला प्रदर्शनी साउन १३ गतेसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया