अधिकांश नेपालीलाई खानामा पिरो मन पर्छ । जिरे, डल्ले पिरोका लागी नाम चलेका खोर्सानी हुन् । तर यी खोर्सानीलाई समेत मात दिने एक खोर्सानीको प्रजाति छ, क्यारोलिना रिपर ।
क्यारोलिना रिपर खोर्सानी खान हतपत कसैले आटसम्म गर्दैनन् । यो खोर्सानीलाई विश्वको सबैभन्दा पिरो मानिन्छ ।
अमेरिकामा खेती हुने यस खोर्सानी गिनीज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ज छ । वैज्ञानिकका अनुसार आजसम्म यो खोर्सानी जति पिरो अरू खोर्सानी भेटिएको छैन ।
कुनैपनि खोर्सानीको पिरोपनालाई एसएचयू अर्थात स्कोवील हिट युनिटमा मापन गरिन्छ । सन् २०१२ मा दक्षिणी कैरोलीनाको विनथ्रप यूनिवर्सिटीमा यस खोर्सानीको पिरोपनाको जाँच गरिएको थियो ।
जहाँ आम पिरो खोर्सानीमा एसएचयू ५ हजार पाइएकोमा यसमा १५ लाख ६९ हजार ३ सय पाइएको थियो ।
अर्थात यो खोर्सानी खान कसैले सक्दैनन् । सक्नेहरूमा निकै ठुलो हिम्मत चाहिन्छ । यो खोर्सानी खाएका मानिस अस्पतालमा भर्ना हुनु परेको रेकर्ड छ ।
क्यारोलिना गिनीज वर्ल्ड रेकर्डमा दर्जा हुनु पूर्व भारतको भूत जोलकिया विश्वको सबैभन्दा पिरो खोर्सानी साबित भएको थियो । यो सामान्य खोर्सानीको तुलनामा २ सय गुणा पिरोह हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया