काठमाडौँ- ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ । महानगरले १०६ वर्षअघि बेलायतले उपहार दिएको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याएको हो ।
ललितपुरले प्रयोगमा ल्याएको दमकलले आइतबार उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।
यससँगै ललितपुर महानगरमा रहेको दमकलको सङ्ख्या ६ पुगेको छ ।
ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले पुरानो दमकल पुनः प्रयोगमा आएकोमा हर्ष व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया