मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सुसाइड पड’ प्रयोगमा ल्याउँदै स्वीजरल्यान्ड, इच्छामृत्यु चाहनेले यसरी प्रयोग गर्न सक्ने

काठमाडौँ – स्वीजरल्यान्डले इच्छामृत्यु चाहने व्यक्तिका लागि छिट्टै ‘सुसाइड पड’ प्रयोगमा ल्याउने भएको छ । 

‘स्याक्रो’ नामको यो थ्रीडी प्रिन्टेड पोर्टेबल सुसाइड  पडको च्याम्बरमा नाइट्रोजन ग्यास भरिएको हुन्छ । 

जहाँ इच्छामृत्यु चाहने व्यक्तिलाई राखेर बटन थिचिसकेपछि बिस्तारै अक्सिजनको मात्रा घट्दै जान्छ ।  त्यसको १० मिनेटभित्र मान्छे मरिसक्छ । यसले मर्न चाहने मान्छेलाई पीडा नहुने गरी आनन्दले मर्न सघाउने बताइएको छ ।

इच्छामृत्यु सेवा दिने उद्देश्यले स्थापना भएको द लास्ट रिसोर्टले यो डिभाइस छिट्टै प्रयोगमा ल्याउन लागेको हो ।

अष्ट्रेलियाली फिजिसियन डा. फिलिप नित्स्केले १२ वर्ष लगाएर यो डिभाइस नेदरल्यान्डमा विकास गरेका हुन् ।  यद्यपि यदि कसैले इच्छामृत्यु चाह्यो भने १८ स्वीस फ्रान्क पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?