मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भाइरल भइरहने गणितको यो समीकरण , उत्तर के होला ?

बिज गणितको एक प्रश्न अहिले सामाजिक सञ्जालमा वेला वेला भाइरल बनिरहन्छ । हरेकले प्रश्न देख्नासाथ उत्तरको खोजी गर्छन् ।

तर यसको ठिक उत्तर भेट्टाउन समस्या भइरहेको छ । प्रश्न यस्तो छ  8÷2× (2+2)=?

यो प्रश्नको उत्तर कसैले १ भनेका छन् भने केहीले १६ भनेका छन् । केहीले यी दुवै उत्तर ठिक भनेर प्रतिक्रिया दिएका छन् । कोही कोही व्यक्तिले नागरिकले एउटा प्रश्नमा दुवै उत्तर कसरी ठिक हुन सक्छन् ? भनेर प्रश्न गरेका छन् ।

यो प्रश्नको उत्तरमा व्यक्तिहरू विभाजित भएका छन् । एक युवतीले गणितमा दुई वटा डिग्री रहेको जानकारी दिँदै १ नै अन्तिम उत्तर रहेको दाबी गरेकी छन् । उनले क्यालकुलेटरको सहायतामा क्षणभरमै प्रश्नको उत्तर १ निकालेकी छन् ।

यो प्रश्नको सही उत्तर तपाईँले विद्यालयमा कुन नियमका आधारमा पढ्नुभएको छ ? त्यसैका आधारमा उत्तर आउँछ ।

तपाईँले BODMAS या PEMDAS मध्ये कुन विधिको प्रयोग गर्नु हुन्छ ? त्यसैका आधारमा यसको उत्तर आउँछ ।

BODMAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १६ आउँछ । तपाईँले PEMDAS विधिको प्रयोग गर्नुभएको छ भने त्यसको उत्तर १ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?