मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिंगापुर एयरलाइन्सले भर्छ संसारकै लामो उडान !

निकै छोटो समयमा सम्बन्धित ठाउँमा पुग्न सकिने भएका कारण मानिसहरु हवाई यात्रा गर्छन् । कुनै कुनै ठाउँमा बाध्यताले पनि हवाई यात्रा गर्नुपर्ने हुन्छ ।

मानिसहरु आफ्नो अमुल्य समय खेर फाल्न चाहँदैनन् त्यसैले पनि विमानको यात्रा गर्ने गर्दछन् । विमानको यात्रा गर्दा कति समय लाग्छ भन्ने कुरा सबैलाई चासको विषय हुन्छ ।

नेपालको सन्दर्भमा आन्तरिक उडान भर्ने विमानले सवैभन्दा लामो दूरीयका यात्रा १–२ घण्टाको दूरीमा तय गर्छन् । अन्तर्राट्रिय उडान हो भने त्यो भन्दा बढी । तर संसारकै लामो उडान कहाँ हुन्छ ? यस विषयमा तपाईलाई थाहा नहुन सक्छ ।

विश्वको सबै भन्दा लामो अवधिको उडान अमेरिकाको नेवार्कदेखि सिंगापुरसम्म लाई मानिन्छ । उक्त उडान सिंगापुर एयरलाइन्सले भर्ने गर्छ ।

यस बिमानको उडान अवधि करिब १८ घण्टा ४५ मिनेटको रहेको छ । यसले अमेरिका न्यू जर्सीको नेवार्क लिबर्टी अन्तरराष्ट्रिय एयरपोर्ट देखि सिंगापुरको चांगी एयरपोर्ट सम्मको यात्रा तय गर्ने गर्छ ।

सिंगापुर एयरलाइन्सले करिब ९,५३४ मिलको दुरी एकै पटकमा तय गर्छ । सिंगापुर एयरलाइन्सको एयरबस ए ३५०–९०० ले उडान भर्ने गरेको छ । यस बिमानको १६५ ,००० लिटरको ईन्धन क्षमता रहेको जनाइन्छ । यस बिमानले आफ्नो पहिलो यात्रा अक्टुबर ११, २०१८ मा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?