मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाइजोमा दुलहालाई वियर दिने अनौठो चलन

विवाहमा हामी सबैले देखेका नै छौँ बेहुलीको तर्फबाट दाइजोको रूपमा बेहुलालाई अनेक कुराहरू दिने गरिन्छ । दाइजोको पनि ठाउँ अनुसार फरक फरक दिने चलन छ ।

तर आज हामी दाइजोको रूपमा बेहुलालाई दिएको यो अनौठो उपहारका बारेमा चर्चा गर्दै छौँ । भारतको छत्तिसगड स्थित बस्तर गाउँमा विवाहमा बेहुलालाई वियर दाइजो दिने प्रचलन छ ।

यो वियर एउटा रुखको रसबाट बनाइन्छ । जसको वैज्ञानिक नाम केरियोटा यूरेन्स रहेको छ । यो वनस्पतिलाई सल्भी पनि भन्ने गरिन्छ ।

साथै मोहकारीको नामबाट पनि यो वनस्पतिलाई चिन्ने गरिन्छ । वैज्ञानिकहरूका अनुसार एउटा रुखले २० लिटर मादक पदार्थ दिन्छ । यो रुख छत्तिसगड स्थित बस्तर गाउँमा अर्थ व्यवस्थाका लागि पनि महत्त्वपूर्ण मानिन्छ ।

यहाँका कन्याहरूको विवाह अन्य स्थानको जस्तै गरी गरिन्छ तर उनीहरूलाई दाइजोमा उक्त रुख  दिने प्रचलन रहेको छ । स्थानीयहरूका अनुसार सल्फीको एउटा रुख एक एकड जग्गा जत्तिकै बहुमूल्य हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?