हामी राति सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा धेरथोर कचेरा लागेको हुन्छ । आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरूको सम्मिश्रण नै कचेरा हो ।
कचेरा आँखाबाट निस्केको आँसु धुलो, फोहर र आँखाको ढकनीमा मरेका कोषहरू मिलेर बनेको हुन्छ । प्लीका सेमी लुनारिस नामक आँखाको भागले हर समय कचेरा बनाउने तरल पदार्थ (आँसु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।
आँखाबाट आउने आँसुले आँखालाई सुख्खा हुनबाट जोगाउन र आँखालाई भिजाइ नरम बनाइराख्न मुख्य भूमिका खेल्छ । हामी निदाएको बेला आँखाबाट आँसु आउँदैन त्यही आँसु निदाएको बेला भने कचेरा बनेर रहन्छ । त्यसैले कचेराले पनि आँखालाई सुख्खा हुनबाट बचाउने काम गर्छ ।
तर, आँखामा कचेरा नै आएन भने आँखामा सङ्क्रमण भई आँसु निस्किने नली बन्द भएको हुन सक्छ ।
जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्त्वहरू बाहिर निस्कन पाउँदैन र आँसु आँखाभित्र नै जम्मा हुन्छ । जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया