मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नितम्ब ठूलो हुनु स्वास्थ्यका लागि पनि राम्रो,किन ?

यदि मानिसको तौल ठिक छ तर नितम्ब, तिघ्रा र खुट्टामा धेरै बोसो जमेको छ भने स्ट्रोक, मधुमेह र हृदयाघातको आशंका कम हुन्छ ।

सेल रिसर्च जर्नलमा छापिएको एक अनुसन्धानका अनुसार जसको शरीरको तल्लो भागमा बोसो कम हुन्छ उसमा हृदय रोग र मृत्युको आशंका बढी हुन्छ ।

जसअनुसार मोटो मानिसलाई भने खतरा मानिएको छ। मोटो मानिसको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरूमा हृदयाघातको सम्भावना धेरै हुन्छ ।

मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा भनेका छन्, ‘उचित तौल भएका यस्ता मानिस स्वस्थ हुन्छन् जसको शरीरको आकार नास्पातीको जस्तो हुन्छ ।’

शोधकाअनुसार नितम्ब र तिघ्रा बोसो खपतका लागि सुरक्षित स्थान हो । पेटको बोसोको तुलनामा तिघ्रा र नितम्बको बोसो राम्रो मानिन्छ । पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?