राती हामीलाई निद्रा लाग्छ यसकारण हामी खाना खाएर सुत्ने गर्छौ । निद्रा औषधि समान हो । जब हामी गहिरो निद्रामा पुग्छौं, हामी विचारशून्य स्थितिमा हुन्छौं ।
यो भनेको पूर्ण विश्रामको अवस्था हो । यसरी मस्त निद्रा पुगेपछि शरीरमा ऊर्जा मिल्छ । र शरीर स्फूर्त र तगडा हुन्छ ।
यदि हामी राती चाडै सुतेका छौँ भने हामीले गहिरो निद्रामा जान सक्छौँ । जति धेरै गहिरो निद्रामा जान सक्यो उत्ति नै स्वास्थ्यको लागी राम्रो हो । गहिरो निद्रापछिको चरणमा भने हामी सपना देख्न थाल्छौँ । सपना देख्नु भनेको गहिरो निद्रा भङ्ग भइसकेको अवस्था हो । यतिबेला हाम्रो अवचेतन मन, विचार चलिरहेको हुन्छ ।
जतिपनि सपना देखिन्छ, त्यसलाई कटाएर मात्र निद्राको गणना गर्नुपर्ने हुन्छ । यसर्थ सपना देखेको अवस्था शारीरिक स्वास्थ्यका हिसाबले रामो मानिँदैन । प्राय कमजोर वा डराएको व्यक्तिहरूले बढी सपना देख्छन् ।
यसले उनीहरूको अवचेतन मनलाई पनि प्रतिविम्बित गर्छ । सपनालाई विश्लेषण गरेर उसको मनमा कुन किसिमको वैचारिक तरङ्ग चलिरहेको छ भन्ने थाहा पाउने गरिन्छ । धेरै सपना देख्नु शारीरिक स्वास्थ्यका लागि राम्रो नहुने चिकित्सकहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया