काठमाडौँ – दुबईकी राजकुमारी शेखा महराले चकित पार्ने निर्णय गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पति शेख मनासँग सम्बन्धविच्छेद गरेकी हुन् । यसै क्रममा उनले श्रीमानकाे बारेमा पनि चकित पार्ने खुलासा गरेकी छिन् । उनका श्रीमान् अन्य साथीसँग व्यस्त भएकाले उनीसँग सम्बन्धविच्छेद भएको उनको दाबी छ ।
पति-पत्नीको सम्बन्ध विच्छेदको खबर सामाजिक सञ्जालबाट प्रायः आउँने गर्छ, तर दुबईकी राजकुमारी शेखा महरा अहिले आफ्नो सम्बन्धविच्छेदका कारण चर्चामा छिन् । चकित पार्ने घोषणा गर्दै उनले पति शेख मनासँग सम्बन्धविच्छेदको खबर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
उनले इन्स्टाग्राममा एउटा छोटो नोट सेयर गरेकी छिन्, जसमा उनले सम्बन्धविच्छेदको घोषणा मात्र गरेकी छैनन् तर आफ्नो पतिलाई पनि गाली गरेकी छिन् ।
राजकुमारीले परम्परागत मुस्लिम परम्परा अनुसार सम्बन्धविच्छेदको घोषणा गरेकी छिन् र इन्स्टाग्राममा लेखेकी छिन्, ‘प्रिय श्रीमान्, तिमी अन्य पार्टनरसँग व्यस्त भएकाले म हाम्रो सम्बन्धविच्छेदको घोषणा गर्छु । म तिमीलाई तलाक दिन्छु, म तिमीलाई तलाक दिन्छु, म तिमीलाई तलाक दिन्छु। ख्याल गर्नु होला। तिम्रो पूर्व पत्नी’।
उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो पोष्टले राजकुमारी शेखा महराका श्रीमानकाे जीवनमा अन्य महिलाहरू पनि छन् जससँग उनी व्यस्त छन् भन्ने स्पष्ट देखिन्छ।
शेखा महराले भर्खरै पहिलो सन्तानलाई जन्म दिएका बेला डिभोर्सको घोषणा गरेकी हुन् । चाखलाग्दो कुरा के छ भने, उनले आफ्नो पतिसँगका सबै फोटोहरू इन्स्टाग्रामबाट हटाएकी छिन्, जसमा उनीहरूको विवाहका फोटोहरू पनि छन्। यति मात्र होइन, दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो पनि गरेका छन् ।
दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतौमकी छोरी शेखा महराले गत वर्ष व्यापारी शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतूमसँग इन्गेजमेन्ट गरेकी थिइन् र त्यसको एक महिनापछि नै विवाह गरिन् । शेखा महरा दुबईका शासकका २६ सन्तानमध्ये एक हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया