मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाट बधाई तथा शुभकामना दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमार्फत डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् । उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । 

उनले भनेका छन्-  

विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?