काठमाडौँ– नेपालको सबैभन्दा बढी प्रयोग हुने फोन पे अन्तर्गतका मोबाइल एपहरुमा समस्या आएको छ । इसेवाबाट पनि रकम तिर्न र प्राप्त गर्न नसकेपछि प्रयोगकर्ताहरु मारमा परेका छन् ।
बुझिएअनुसार फोन पे र इसेवामा प्राविधिक समस्या देखिएपछि यस्तो समस्या देखिएको हो । इसेवाका ग्राहकहरुले रकम पठाउन र पाउन नसकेको गुनासो गरेका छन् ।
यसअघि पनि पटकपटक फोन पेका ग्राहकहरुले यस्तो समस्या भोग्दै आएका छन् ।
नेपालमा धेरैजसो बैंकमा मोबाइल बैंकिङ सेवाहरु फोन पेमा आधारित छन् । प्राविधिक टोलीले यो समस्याको समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया