मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड फिल्म ‘उलझ’को ट्रेलर सार्वजनिक

काठमाडौँ– बलिउड फिल्म ‘उलझ’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेत्री जाह्नवी कपूर अभिनीत फिल्मको मंगलबार जंगली पिक्चर्स युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

देशभक्त र प्रतिष्ठित परिवारको कथा देखाएको ट्रेलरमा नेपालका केही दृश्य देखाइएको छ।

सुधांशु सारिया निर्देशित फिल्ममा जाह्नवीले आईएफएस (इन्डियन फरिन सर्भिस) मा कार्यरत एक युवतीको भूमिका निर्वाह गरेकी छन्। फिल्ममा जाह्नवीसँगै गुल्शन देभैह, रोशन मथेउ, राजेश तैलाङ, अदिल हुसेन, जितेन्द्र जोशीलगायत कलाकारको अभिनय छ। फिल्मलाई जंगली पिक्चर्सले निर्माण गरेको हो।

यो फिल्म २ अगस्टदेखि प्रदर्शन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?