मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरमा पानीको मात्रा कम हुँदा कस्तो समस्या देखिन्छ ?

पानी मानव जीवनका लागि अपरिहार्य वस्तु हो । पानी बिनाको जीवन सम्भव हुँदैन । पानीले जीवनको रक्षा पनि गर्दछ । जहाँ शरीरमा पानीको मात्राभन्दा कम भए त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। यसै सन्दर्भमा आज हामी पानीको कमीले हुनसक्ने समस्याका बारेमा चर्चा गर्दै छौ ।

– पानीले शरीरलाई ऊर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीरको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा ऊर्जा नहुँदा मानिस शारीरिक रूपमा सक्रिय हुन सक्दैनन्।

– जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ। जसका कारण श्वास लिन समस्या हुन्छ। यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ। पानीका साथ जुस, नरिवल पानी, लस्सी आदि भरपुर पिउन दिनुपर्छ। यसबाट तीव्र गतिमा श्वास लिने समस्या कम हुन्छ।

– गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको र गतमा मौजुद पानीको मात्रामा कमी आउन सक्छ। यस्तो अवस्थामा धेरै पानी खाने सल्लाह दिइन्छ। उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ। शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ।

– उच्च कोलेस्ट्रोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ। जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्ट्रोल निमार्ण गर्छ। यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्ट्रोलको समस्या पैदा हुँदैन।

– शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबाट शरीरमा पाचनसम्बन्धी कयौँ समस्या निम्तन सक्छ। जस्तै, अल्सर, ग्यास आदि। खाना पचाउन पनि पानी आवश्यक हुन्छ।

– डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ। लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमी हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?