मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ बर्लिन फेस्टिभलमा छनोट

काठमाडौं– छोटो नेपाली फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको जेनेरेसन फोर्टिन प्लस खण्डमा यो फिल्म छानिएको हो । सौरभ घिमिरे निर्देशित फिल्मको लम्बाइ १७ मिनेट छ । बर्लिनमा यो फिल्मको विश्व प्रिमियर हुन लागेको हो ।

फिल्मले एक रेडियो कार्यक्रम प्रस्तोताको कथा पेश गरेको छ । प्रेमबारे सल्लाह दिने रेडियो कार्यक्रममा होस्ट एक दिन आफैंले प्रेम वियोग भोगेपछि गायब हुँदा परिस्थिति कस्तो हुन्छ भन्नेबारेको चित्रण यसले गर्छ ।

फिल्मलाई ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भाम र मिन्सो लिम्बूले निर्माण गरेका हुन् । निर्माता लिम्बूले यो डकु–फिक्सन फिल्म बनाएका हुन् । यो फिल्मको स्क्रिनिङ मिति भने आउन बाँकी छ ।

यसपटकको बर्लिन फेस्टिभल अन्तर्गतको बर्लिनाले ट्यालेन्टमा नेपालबाट पाँचजना फिल्ममेकर छनोट भएका छन् । यस वर्षको बर्लिन फिल्म फेस्टिभल फेब्रुअरी १५ देखि २५ सम्म जर्मनीमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?