मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सागर लम्साल ‘बले’ गरे विवाह

काठमाडौँ– कलाकार तथा मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवनको सुरुवात गरेका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग विवाह गरेका हुन् ।

काठमाडौँको चाबहिलको एक पार्टी प्यालेसमा सागरले स्नेहासँग विवाह गरेका हुन् । पेशाले नर्स रहेकी स्नेहासँग बलेले मागी विवाह गरेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा उनीहरुको विवाहको फोटो हाल्दै धेरै कलाकारले बधाई दिएका छन् । पछिल्लो समय उनी हास्य टेलिसिरियल ‘सक्किगो नि’ मा बलेको भूमिका निर्वाह गर्दै आएका छन् । साथै विभिन्न म्युजिक भिडिओमा अभिनय गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?