काठमाडौँ– स्मार्ट घडी स्टाइल र फेसनको नयाँ ट्रेन्ड बनिसकेको छ । यसले गर्दा पनि बजारमा धेरै किसिमको स्मार्टवाच आइसकेको छ । यदि तपाई राम्रो स्मार्ट घडी चाहानुहुन्छ भने किन्ने समयमा तपाईले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यदि तपाईको स्मार्ट वाचमा हर्ट रेटसहित पाँच वटा सेन्सर छ । आजको समयमा स्मार्ट घडीलाई एउटा सानो कम्प्युटरको रुपमा लिन सकिन्छ । जसको प्रयोगबाट स्मार्ट फोनले धेरै काम गर्न सकिन्छ । घडीबाट स्वास्थ्य, फिटनेस र अन्य क्रियाकिलापमा ध्यान दिनुपर्छ । यसका साथै कुनै पनि घडीको लागि सही सेन्सर हुन जरुरी छ ।
हार्ट रेट सेन्सर
यसले तपाईको मुटुको धड्कनको निगरानी राख्ने काम गर्छ । शारीरिक व्यायामको क्रममा तपाईको दिलको दरलाई ट्रयाक गर्छ । यसबाट तपाईको मुटु कति पटक धड्क्यो भन्ने थाहा पाउन सकिन्छ ।
एक्सेलेरोमिटर
यसले सेन्सर स्पीड र डायरेक्सनमा आएको परिवर्तनलाई ट्रयाक गर्ने काम गर्छ । यसको धेरै फाइदा छ । यसले स्टेपलाई काउन्ट गर्न सक्छ । क्यालोरी बर्निङको गणना, निन्द्राको निगरानी पनि गर्न सक्छ । यो खेलको लागि एकदम राम्रो अप्सन हुन सक्छ ।
जिओम्याटिक सेन्सर
यसले पृथ्वीको चुम्बकीय क्षेत्रलाई पता लगाउने काम गर्छ । यो कपासको एक रुपमा काम गर्छ । साथै दिशा निर्धारणमा पनि मद्दत गर्छ । यसका साथै केही स्मार्ट वाचमा निन्द्राको निगरानी गर्न पनि उपयोग हुन्छ ।
आइट मीटर (एल्टीमिटर)
यो सेन्सर उचाईको परिवर्तनको पनि मापन गर्छ । यसले ट्रेकिङ, हाइकिङ, साइकिलिङ र अन्य बाहिरी क्रियाकलापको लागि एकदम उपयोगी हुन्छ ।
अप्टिकल हार्ट रेट सेन्सर
यो सेन्सरले रक्त प्रवाहको मापन गर्ने काम गर्छ । जसले गर्दा दिलको धड्कनको अनुमान गर्ने काम गर्छ ।
यसका साथै स्मार्ट वाचमा धेरै सेन्सरको प्रयोग भएको हुन्छ । जीपीएस, ब्यारोमिटर, तापमान सेन्सर इत्यादी स्मार्ट वाचमा हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया