मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् तौल बढाउने १० उपाय

मानिस कहिले पनि सन्तुष्ट हुन सक्दैन भन्ने भनाई छ नि । वास्तवमै मानिस एकपछि अर्को चाहानाहरू बनाउँदै जान्छ । यस्तो शरीरको तौल पनि मानिसको यही व्यवहारसँग मिल्छ ।

कसैलाई मोटो भएर तनाव छ भने कसैलाई दुब्लो भएकोमा दिक्दारी । मोटोपन घटाउन मानिसहरू निकै डाईट गर्ने जिम जाने गर्छन् ।

पछिल्लो समय त दुब्ला मानिसहरू मोटाउनका लागी पनि जिम जाने गर्छन् । यसकारण आज हामी छोटो समयमा सहजै मोटाउन चहानेहरुका लागी केही टिप्सहरू लिएर आएका छौ । 

–मह र दूध दुवैमा भरपुर मात्रामा पोषक तत्त्व हुन्छ । रातमा सुत्नु अघि तातो दूधमा दुई चम्चा मह मिसाएर पिउँदा पनि तौल बढ्छ । साथमा पाचन प्रक्रिया पनि राम्रो हुन्छ ।

–तौल बढाउन नियमित व्यायाम आवश्यक हुन्छ, यसका लागि फिटनेस सेन्टर जान सकिन्छ ।

–ड्राई फ्रुट्समा तपाईँ बदाम, किसमिस, काजु र ओखरको सेवन गर्न सक्नुहुन्छ । यसमा स्वस्थ फ्याट र प्रोटिन हुन्छ, साथमा यसमा अत्यधिक मात्रामा क्यालोरी पनि हुन्छ । यसलाई चार घण्टा पानीमा भिजाएर दूधमा उमालेर पनि खान सकिन्छ । यसले तौल बढ्न थाल्नेछ ।

–तौल बढाउनका लागि सबैभन्दा राम्रो उपाय भनेको उच्च क्यालोरीयुक्त खाना आलु,अण्डा,एभोकाडो,दूध, कुखुराको छातिको मासु,केरा डार्क चकलेटको सेवन गर्न सकिन्छ ।

–बाहिरी जंक फुडहरुको तुलनामा घरको अर्ग्यानिक खानमा जोड दिनु राम्रो हुन्छ । 

–यदि तपाई स्वस्थ तरिकाले तौल बढाउन चाहनुहुन्छ भने बिहानको नास्ता अनिवार्य गर्ने गर्नुहोस् । बिहानको नास्ताले दिनभर ऊर्जावान् बनाइरहन्छ । 

–चिकेन, भात, माछा, अण्डालगायतका बढी प्रोटिन पाइने खाना तौल बढाउनमा सहायक हुन सक्छ ।

–अङ्कुरित खाद्यपदार्थमा राम्रो मात्रामा प्रोटिन पाइने भएकाले यस्ता खानाले पनि तौल बढाउन सक्छ ।

–पनिर, मक्खन, घिउ, तेल तथा तैलीय खानाले मोटाउन सकिन्छ ।

– तौल बढाउन चाहिरहेका व्यक्तिले आफ्नो खानपिनमा सोयाबिनलाई पनि समावेश गराउनुपर्दछ । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसले मांसपेशीको विकासमा सहयोग गर्दछ र तौल बढ्न पनि सहायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?