मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफ्नै भाषामा विदेशीसँग कुरा गर्न सकिने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौँ –  ह्वाट्सएपले गुगलको लाइभ ट्रान्सलेसन फिचर एकीकृत गरेर तुरुन्तै कुराकानी अनुवाद हुने फिचर ल्याउन तयारी गरेको छ । 

ह्वाट्सएपबारे लेख्ने डब्लुएबेटाइन्फोका अनुसार यो फिचर आएपछि पठाउनेले जुन भाषामा मेसेज पठाए पनि पाउनेले आफ्नै भाषामा पढ्न सक्छन् । 

अर्थात् यसले विदेशीसँग कुराकानी गर्न सजिलो बनाउने छ । प्रयोगकर्ताले आफ्नै भाषामा गरेको कुराकानी स्वतः अनुवाद भएर अर्को प्रयोगकर्तामा पुग्ने छ । 

त्यस्तै यो फिचरले डिभाइसमै अनुवादको काम गर्ने भएकाले व्यक्तिगत डेटा गुगल क्लाउडमा स्टोर नहुने बताइएको छ ।

यसका लागि प्रयोगकर्ताले अनुवाद गर्न चाहेको भाषाको प्याकेज भने डाउनलोड गर्नुपर्ने छ । यसले गर्दा अफलाइनमा समेत सो फिचरले काम गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?