१. शुद्ध पानी
यदि संसारका सबै मानिसलाई स्वच्छ र शुद्ध पानीको व्यवस्था गर्ने हो भने संसारका ८० % बिमार हटेर जानेछन् ।
२. दशमलव
ईसा पूर्व छैटौँ शताब्दीतिर चिनियाँहरूले सबैभन्दा पहिला दशमलव प्रयोग गरेका थिए ।
३. खैरो भालु
रसियाको राष्ट्रिय जनावर खैरो भालु (Brown Bear) हो ।
४. काममा समय
संसारमा सबैभन्दा बढी काम गर्नमा समय बिताउने जापानीहरू हुन् । उनीहरू क वर्षमा २१०० घण्टा समय काममै बिताउँछन् । दोस्रोमा जर्मन र अमेरिकीहरू पर्छन् । उनीहरूले वर्षमा १९०० घण्टा समय काममा बिताउँछन् । तेस्रोमा फ्रान्सेलीहरू पर्छन् । उनीहरू १६०० घण्टा काममै बिताउँछन् ।
५. जङ्गल
मलेसियाको १० हेक्टर जङ्गलमा ७५० प्रजातिका रुख पाइन्छन् भने उत्तर अमेरिकाभर ७०० प्रजातिका मात्र रुख पाइन्छन् ।
साभार : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया